झापा , साउन ३१ । झापाको मेचीनगरबाट अवैध सुख्खा सुपारी र लत्ताकपडा प्रहरीले बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय धुलाबारीको टोलीले बुधबार बिहान ६ः४०मा मेचीनगर-१० स्थित निन्दा पुल नजिकै सवारीसाधन चेकजाँचको क्रममा भन्सार छलीका लत्ताकपडा बरामद गरेको छ । प्रहरीले सवारीसाधनबाट साडी-७४ पिस, कुर्ता सुरुवाल-२० पिस, सल-४ पिस गरी अन्दाजी मुल्य ४८ हजार ६ सयको कपडा बरामद गरेको छ । बरामद गरिएको सुपारी र लत्ताकपडा आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । यसैगरी प्रहरीले मंगलबार राति सवा ८ बजेतिर विशेष सूचनाको आधारमा मेचीनगर नगरपालिका-१० स्थित खयरडाँगी बस्ने शेखर खड्काको घरबाट ९ बोरा अन्दाजी ४५० केजी सुपारी बरामद गरेको हो । आवश्यक कागजात बिनाको करिब २ लाख ७० हजार मुल्य बराबरको सुपारी बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्