झापा , भदौ २ । मुसिकोट नगरपालिका-१ का वडाध्यक्ष मोहन घिमिरे मृत भेटिएका छन् ।

घिमिरे बिहान साढे ७ बजे रुखमा झुण्डिएको अवस्थामा फेला परेका हुन्। घरबाट करिब डेढ घण्टाको दूरीमा रहेको घन्टुङ जंगलमा घिमिरे मृत भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक किरण सापकोटाले जानकारी दिए । प्रहरीका अनुसार घिमिरे शुक्रबार बेलुकीदेखि सम्पर्कविहीन थिए । वडाअध्यक्ष घिमिरेले बिहान फेसबुक स्टाटसमा सबैसँग माफी मागेर र अलबिदा लेखेका कारण उनले आत्महत्या गरेको हुनसक्ने प्रहरीको भनाइ छ । घिमिरे नेपाली कांग्रेस मुसिकोट नगरपालिका नगर कमिटीका अध्यक्षसमेत हुन् । घटनाबारे थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक सापकोटासहितको टोली खटिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्