झापा , भदौ २ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले भदौ ४ गते विश्वासको मत लिने भएका छ्न् ।

कांग्रेस प्रमुख सचेतक भुपेन्द्र राईले भदौ ४ गते दिउँसो १ बजे प्रदेशसभा बैठकमा मुख्यमन्त्री थापाले विश्वासको मत लिने जानकारी दिए । उनका अनुसार विश्वासको मत लिनका लागि प्रदेशसभा सचिवालयमा सूचना पनि दर्ता भइसकेको छ । प्रदेशसभा नियमावलीको १२८ को १ अनुसार मुख्यमन्त्री थापाले विश्वासको मत लिने प्रस्ताव पेश गर्नका लागि सूचना दिएका थिए । सोही नियमावलीको ३ मा प्रदेश सचिवले सभामुखसमक्ष सूचना पेश गर्ने र सभामुखले विश्वासको मत लिने दिन र समय तोक्ने व्यवस्था छ । सोही व्यवस्था अनुसार उपसभामुखले विश्वासको मत लिनका लागि ४ गते दिउँसो १ बजेका लागि तोकेकफ मुख्यमन्त्री थापाले बताए । ’मैले ३ गतेका लागि सूचना दिएको थिएँ,उनले भने,’ सभामुखलाई समय तोक्ने अधिकार छ, उनले ४ गतेका लागि तोकिदिए ।’ थापा साउन १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए। नेपाली कांग्रेस-२९, नेकपा माओवादी केन्द्रका-१३, एकीकृत समाजवादीका-४ र जनता समाजवादी पार्टीका-१ जना सांसदको समर्थनमा उनी मुख्यमन्त्रीमा नियु्क्त भएका थिए । मुख्यमन्त्रीमा नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार थापा विश्वासको मत लिन लागेका हुन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्