बिर्तामोड , भदौ ५ । आज साँझ बिर्तामोड ७ को मिलडाँडामा आगलागी भएको छ ।

दुर्गा घिमिरेको पसल रहेको घरमा आगलागी हुँदा करिव दुई लाखबराबरको क्षति भएको छ । साँझ ७.३० बजेतिर पूजा कोठामा बालेको दियो मुसाले लगेपछि त्यहीबाट आगो सल्किएको जनाइएको छ ।

बिर्तामोड नगरपालिकाको दमकल र स्थानीयको सहयोगमा करिव एक घण्टापछि आगो नियन्त्रणमा लिइएको बिर्तामोड ७ का वडाध्यक्ष अविरल कृष्ण खरेलले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्