बिर्तामोड , भदौ ५ । बिर्तामोडबाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा बिर्तामोड नगरपालिका– ३ बस्ने ३५ वर्षीय सन्तोष भन्ने तेजबहादुर राई र सोही ठाउँका ३८ वर्षीय राज भन्ने कृष्ण लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

आज साँझ साढे ५ बजे बिर्तामोड –४ स्थित नयाँ बिजुली अफिसनजिकै सुरेश अग्रवालको घर आसपासबाट उनीहरूलाई पक्राउ गरिएको हो ।

लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको संयुक्त प्रहरी टोलीले विशेष सूचनाको आधारमा उनीहरूलाई नियन्त्रणमा लिएर चेकजाँच गर्दा १० ग्राम ५०० मिलिग्राम ब्राउनसुगर र दुई थान मोबाइल बरामद गरेको छ । पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्