बिर्तामोड, भदौ ६ । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रविण जोशी ज्ञवालीलाई बिदाई गरिएको छ ।त्योसंगै उनको ठाउँमा आएका नवराज न्यौपानेलाई स्वागत गरिएको छ ।


प्रहरी प्रधान कार्यालय मानव स्रोत विकास विभागअन्तर्गत कर्मचारी प्रशासन महाशाखाले एक सूचना निकाल्दै ९ सय ५८ इन्स्पेक्टरको एकैपटक सरुवा गरेको थियो । सोही अनुसार ५ महिनाअघि आएका ज्ञवालीको इलाका प्रहरी कार्यालय नवलपुर सिन्धुपाल्चोकमा सरुवा भएको हो ।

ट्राफिक प्रहरीका कर्मचारीले बुधवार एक संक्षिप्त कार्यक्रमका बिच प्रमुख ज्ञवालीलाई बिदाई तथा न्यौपानेलाई स्वागत गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक राजकुमार बस्नेतले जानकारी दिए । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी ) बाट झापा ट्राफिक प्रमुखको नेतृत्व गर्न आएका न्यौपानेले शान्ति सुरक्षा र ट्राफिक व्यवस्थापनको कार्यमा सक्रिय भएर काम गर्ने प्रतिबद्धता जनाएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी नायब निरीक्षक जीवन कार्कीले सञ्चालन गरेको कार्यक्रममा ट्राफिक प्रमुख ज्ञवालीले न्यौपानेलाई स्वागतसहित सफल कार्यकालको शुभकामना ब्यक्त गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्