झापा, भदौ ६ । झापामा कुटी काट्ने मेसिनबाट करेन्ट लागेर श्रीमानको मृत्यु भएको छ, भने श्रीमती घाइते भएकी छिन् ।

करेन्ट लागेर मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका– ९ निवासी २४ वर्षीय अमृत रेग्मी रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

प्रहरीका अनुसार बुधबार दिउँसो साढे २ बजेको समयमा आफ्नै घरमा कुटी काट्ने क्रममा श्रीमती ममतालाई करेन्ट लागेको थियो ।
श्रीमतीलाई करेन्ट लागेको देखेपछि बचाउन जाँदा श्रीमानलाई पनि करेन्ट लागेको थियो । करेन्ट लागेर दम्पती नै घाइते भएका थिए । घाइतेमध्ये अमृतलाई उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको डीएसपी रिजालले बताए ।

घाइते ममतालाई स्थानीय शंकर अस्पतालमा सामान्य उपचारपश्चात् थप उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाइएको छ । उनको स्वास्थ्य अवस्था मध्यम रहेको छ । घटनाको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्