झापा, भदौ ९ । हिन्दु धर्मावलम्बीले धरानका मेयर हर्क साम्पाङविरुद्ध इटहरीमा नाराबाजी गरेका छन् ।

क्रिस्चियन धर्मको प्रचारमा लागेको भन्दै मेयर साम्पाङविरुद्ध मुर्दावादको नारा लगाएका हुन् ।
धरानमा गोरुको मासु खाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि हिन्दु धर्मावलम्बीले विरोध जनाएका छन् । जिल्ला प्रशासन कार्यालय सुनसरीले निषेधाज्ञा लगाएपछि धरानमा बृहत् प्रदर्शन गर्ने तयारीमा रहेका हिन्दु धर्मावलम्बी इटहरीमा रोकिएका छन् ।

विभिन्न जिल्लाबाट गएका हिन्दु धर्मावलम्बीलाई प्रशासनले धरान जान रोक लगाएको छ । धरानमा प्रदर्शन गर्न नपाएका उनीहरूले राष्ट्रिय जनावरको रक्षा गर्नुपर्ने भन्दै गृहमन्त्री र प्रधानमन्त्रीविरुद्ध पनि प्रदर्शन गरेका छन् । धरानका मेयरको कारण धार्मिक सहिष्णुता भड्किएको धर्म गुरुहरूको आरोप छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्