बिर्तामोड , भदौ १० । बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव अर्जुनकुमार मैनालीले विर्तामोड नगरपालिकाले कर तथा राजश्व समितिमा आफ्नोे हस्ताक्षर दुरुपयोग गरेको आरोप लगाएका छन् ।

आर्थिक बर्ष २०८० ÷ ०८१ को बजेट निर्माणका सम्बन्धमा २०८०असार ५ गते बसेको राजश्व परामर्श समितिको बैठकमा आफूले बिर्तामोड उद्योग वाणिज्य संघको प्रतिनिधित्व गरेको सत्य हो तर, नगरपालिकाका उपप्रमुख एवम् राजश्व परामर्श समितिका संयोजक नगेन्द्रप्रसाद संग्रौलाले उपस्थितिमा हस्ताक्षर गराएर परामर्श समितिको निर्णयमा आफू अनुकुल कम्प्युटर टाइप गरेर आफ्नोे हस्ताक्षर दुरुपयोग गरेको विज्ञप्तिमार्फत जनाएका छन् । कुनै पनि बैठकको उपस्थिति हस्तलिखित र निर्णय कम्प्युटर टाइप गरेर एउटै बैठकको माइन्युट दुई किसिमको नहुने भन्दै उनले गलत मनासयका साथ आफूलाई उपस्थितिमा हस्ताक्षर गराएर आफू अनुकूल निर्णय गराएर कम्प्युटर टाईप गरी निर्णय टाँस गरिएको हुनाले उक्त निर्णयप्रति बिर्तामोड उद्योग वाणिज्य संघ र आफ्नो पूर्ण रुपमा असहमति रहेको जनाएका छन् ।साथै त्यस निर्णयलाई तत्काल नसच्याए आन्दोलनका लागि बिर्तामोड उद्योग वाणिज्य संघ अगाडी बढ्ने चेतावनीसमेत दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्