झापा, भदौ ११ । बिर्तामोडको मुक्ति चौक छेउमा रहेको प्रसाई सुपर मार्केटअगाडि एक व्यक्ति मृत फेला परेका छन् ।

उनी ढलभित्र मृत अवस्थामा भेटिएका हुन् । घटनास्थलमा उनले प्रयोग गरेको साईकलसमेत भेटिएको छ । साइकलबाट लडेर उनको मृत्यु भएको हुनसक्ने इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सुरज कार्कीले बताए ।अन्दाजी ३५ वर्षको मधेसी समुदायको जस्तो देखिने मृतकको पहिचान नखुलेको डीएसपी कार्कीले जानकारी दिए ।साइकलबाट लडेर ढलमा उनको मृत्यु भएको हुनसक्ने सीसीटीभी फुटेजमा देखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए । राति लडेर मृत्यु भएका ती व्यक्तिको शवलाई बिहान ५ बजे स्थानीयले देखेको रिजालले जानकारी दिए । शवलाई बिहान ७ः५० बजे कानुनी प्रक्रिया पुरा गरी पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्