झापा, भदौ ११ । झापाको दमक नगरपालिका १ घर भएका डाक्टर प्रज्वल कोईराला सम्पर्कबिहीन भएका छन । उनी हिजो आईतवार बेलुकादेखि सम्पर्कबिहीन भएको पारिवारिक स्रोतले बताएको छ।


डाक्टर कोईरालाको प्रदेश १–४१६६ नम्बरको गाडी भने चतरा कोशी पुलपारि उदयपुर बेलाका ८ मा भेटिएको छ । उनले प्रयोग गर्ने मोबाइल जुत्ता र कपडा गाडीमा रहेको र गाडी लक नगरेको अवस्थामा रहेको स्थानीय प्रहरीले जनाएको छ । राति २ बजेदेखि उनको खाली गाडी रहिरहेको छ । डाक्टर कोईराला जनरल सर्जन हुन् ।

करिब तीन बर्ष लाईफलाईनमा काम गरेका डाक्टर कोईराला एक साताअघि मात्रै मंगलबारे हस्पिटल मोरङमा गएका थिए । उनको खोजी भईरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्