झापा, भदौ १२ । कचनकवल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईलाई पितृशोक परेको छ ।

नेकपा एमाले कचनकवल गाउँ कमिटीका अध्यक्षसमेत रहेका भट्टराईका पिता ईन्द्रप्रसाद भट्टराईको ७२ वर्षको उमेरमा उपचारको क्रममा आज बिहान १ बजे बिराटनगरस्थित नोबेल हस्पिटलमा निधन भएको हो । २००९ सालमा ओखलढुंगा सेर्णा गाविसमा पिता निलकण्ठ उपाध्याय र माता बदनाकुमारी भट्टराईको काइला छोराको रुपमा उनको जन्म भएको थियो । उनी २०२९ सालमा झापा झरेका थिए ।

उनी पुराना लेखापढी व्यवसायी थिए । राजनीतिसंगै सामाजिक क्षेत्रमा सक्रिय रहेका उनी कम्युनिष्ट नेता स्व. द्रोणाचार्य क्षेत्रीका समकालीन हुन् । पञ्चायत कालमा २०४३ सालमा उनले उपप्रधानपञ्चमा उम्मेद्वारी दिएर निर्वाचन लडेका थिए । स्व. भट्टराईका दुई छोरा र दुई छोरी छन् । जेठा छोरा योगेन्द्र भट्टराई र कान्छा छोरा नवराज भट्टराई हुन् । त्यस्तै छोरीहरु विजया र रमा हुन् । स्व.भट्टराईलाई आज बिहान १० बजे स्थानीय जमुना घाटमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्