झापा, भदौ १२ । कोशी पुलमा गाडी छाडेर बेपता भएका डाक्टर प्रज्वल कोइरालाले आत्महत्या प्रयास गरेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख प्रहरी निरीक्षक ज्ञानेन्द्र फुयालका अनुसार १–०२–००२ च ४१६६ नम्बरको कार छाडेर उनी बेपत्ता भएका हुन् ।स्थानीयबासीले बेवारिसे कार देखेपछि प्रहरीलाई खबर गरेका थिए । डाक्टर कोइराला आइतवार राति २ बजे कोशीको पुलमा आएको सिसी टिभी फुटेजमा देखिएको प्रहरीले जनाएको छ । पुलको रेलिङमा उनको मोबाइल भेटिएको थियो भने जुत्ता र मोजा पनि त्यहीँ भेटिएको थियो ।

हिजो दिनभरि खोज्दासमेत उनी फेला परेका छैनन् । ‘होटलहरूमा फोटोसहित खोजी गर्दा समेत फेला नपरेपछि सशस्त्रको गोताखोर टोली ल्याएर दिनभरी खोजी गरेका थियौ,’ प्रहरी निरीक्षक फुयालले भने, ‘कोशीमा पानीको बहाब बढेका कारण सबैतिर खोजी गर्न पनि समस्या भयो । गहिरो ठाउँहरूमा गोताखोरको टोलीले प्रयास गरेको थियो । स्थानीय बासिन्दा र हामी मिलेर दिनभरि खोजी ग¥यौं ।

उनी मदन भण्डारी ट्रमा सेन्टर उर्लाबारीमा जनरल सर्जनको रुपमा कार्यरत थिए । झापाको दमक नगरपालिका १ मा उनको घर छ । केही महिनाअघि उनी लाइफलाइन अस्पतालमा कार्यरत थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्