झापा, भदौ १३ । भद्रपुरमा पानीमा डुबेर एक वृद्धाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भद्रपुर नगरपालिका १० निवासी ७३ वर्षीया शिवकुमारी ढकाल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

बुधबार बिहान ६ बजे भद्रपुर १० स्थित केन्द्रमोड नजिकैको खाल्डोमा जमेको पानीमा डुबेर बृद्धा ढकालको मृत्यु भएको थियो । घोप्टो परी डुबेको अवस्थामा बृद्धा मृत फेला परेको सूचना पाएलगतै प्रहरी टोलीले घटनास्थल पुगेर कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्