कुमरखोद, भदौ १३ । पूर्वी नाकामा कडाइ गरिएसंगै झापाको झापा गाउँपालिका पछिल्लो समय ब्राउनसुगरको ट्रान्जिट पोइन्ट बन्दै गएको छ। भारतको बिहारसँग सिमाना जोडिएको यस पालिकाबाट निरन्तर लागूऔषध ब्राउनसुगरका कारोबारी पक्राउ पर्न थालेका छन् ।


गत आइतबार सशस्त्र प्रहरीद्वारा झापा –१ को बेलायतीवारी सीमा इलाकाबाट ४४ ग्राम २८० मिलिग्राम लागूऔषध ब्राउनसुगरसहित तीनजना पक्राउ परेको केही दिन नवित्दै सोही स्थानबाट बुधबार दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बिर्तामोड–१ का २७ वर्षीय निश्चल सुवेदी र झापा–२ कुवाडीका १९ वर्षीय शिव कामती रहेको सशस्त्र प्रहरीले जनाएको छ।

बुधवार साँझ ५.५० बजे को ३४ प ७८७६ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल बिओपी टाघनडुब्बाबाट सशस्त्र प्रहरी निरीक्षक दिपेन्द्रमणि राईको कमान्डमा खटिएको टोलीले शंका लागेर चेकजाँच गरेको थियो।चेकजाँच गर्दा उनीहरुको साथबाट २ ग्राम हेर्दा ब्राउनसुगर बरामद गरिएको सप्रबल नम्बर २ गणका सूचना अधिकारी दिनेश कटुवालले जानकारी दिए।
पक्राउ परेका उनीहरुलाई थप अनुसन्धानका लागि नेपाल प्रहरीलाई बुझाइएको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्