झापा, भदौ १५ ।एसिया कप क्रिकेट प्रतियोगितामा श्रीलंकाले विजयी सुरुवात गरेको छ ।

बिहीबार सम्पन्न समूह ‘बी’ को खेलमा श्रीलंकाले बंगलादेशलाई ५ विकेटले पराजित गरेको हो ।
बंगलादेशले दिएको १६५ रनको लक्ष्य घरेलु टोली श्रीलंकाले ५ विकेटको क्षतिमा ६६ बल बाँकी छँदै भेट्टायो ।
श्रीलंकाको जीतमा सधिरा र चरिथाले क्रमशः ५४ र ६२ रनको योगदान दिए । यस्तै कप्तान दुसान सानकाले अविजित १४ रन बनाए ।