एजेन्सी ।कंगोमा संयुक्त राष्ट्रसंघविरोधी प्रदर्शनमाथि भएको कारबाहीमा कम्तीमा ४८ जनाको ज्यान गएको छ ।

बुधवार कंगोका सैनिकले गोमा सहरमा संयुक्त राष्ट्रसंघका शान्ति सैनिकविरुद्ध प्रदर्शन गर्ने योजना बनाएका थिए ।

शुरुमा १० जनाको ज्यान गएको बताइएको थियो । तर यो घटनामा कम्तीमा ४८ जनाले ज्यान गुमाएको अधिकारीहरुलाई उद्धृत गरी समाचार संस्था एएफपीले जनाएको छ । ७५ जना घाइते भएका छन् ।

प्रदर्शनमा संलग्न रहेको आरोपमा एक सय ६८ जना पक्राउ परेका छन् । कंगोको मानव अधिकार अधिकार समूह लुचाले पनि मारिएका प्रदर्शनकारीको संख्या ५० को हाराहारीमा रहेको जनाएको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्