एजेन्सी । एसिया कपको फाइनलमा चिर प्रतिद्वन्द्वी पाकिस्तानलाई पेनाल्टी शूटआउटमा २–०ले हराउँदै भारतीय पुरुष हकी टिम च्याम्पियन बनेको छ ।

दुवै टिमले निर्धारित समयसम्म ४–४ को बराबरी खेलेका थिए । बराबरीपछि पेनाल्टी शूटआउट खेलाउने निर्णय भएको थियो । पेनाल्टी शूटआउटमा भारतका तर्फबाट गुरजोत सिंह र मनिंदर सिंहले दुई गोल गरे भने पाकिस्तानका अरशद लियाकत र मोहम्मद मुर्तजाले गोल गर्न सकेनन् । योसंगै भारतीय टीमले एसिया कप हकी जितेको हो ।
यो जीतसंगै भारतको पुरुष टिमले हकी वर्ल्ड कप २०२४ मा खेल्ने अवसर पाएको छ ।