झापा, भदौ १८ । साहित्य संगीत र कलाको संगम साहित्य चौतारी झापाले नेपाली सांगीतिक जगतका बहुप्रतिभाशाली व्यक्तित्व कुवेर राईलाई दीर्घ साधना सम्मान प्रदान गरेको छ ।

इलामको निजी निवासमा पुगेर साहित्य चौतारीले गायक तथा संगीतकार राईलाई उक्त सम्मान प्रदान गरेको हो ।
साहित्य चौतारीका संस्थापक संरक्षक देवीभक्त श्रेष्ठ, अध्यक्ष हस्त परियार, वरिष्ठ सल्लाहकार तथा लोक गायक अनिरुद्र ओली, साहित्य चौतारी रजत स्मारिकाका सम्पादक राजेन्द्र सङ्ग्रौला, यात्रा सारथी कृष्ण शर्मासहितको टोली सम्मानका लागि राई निवास पुगेको थियो ।

नेपाली सांगीतिक क्षेत्रमा गरेको योगदानको कदर गर्दै राईलाई नगदसहित दोसल्ला ओढाएर ‘दीर्घ साधना सम्मान प्रदान गरिएको साहित्य चौतारीका संस्थापक संरक्षक श्रेष्ठले बताए । साहित्य चौतारीको टोलीसँग बसेर राईले दुई वटा गीत गाएका छन् । सम्मान कार्यक्रममा राईकी धर्मपत्नी पनि सँगै थिइन् ।

साहित्य चौतारीको श्रीवृद्धिमा गायक राईको भूमिका विशिष्ट रहँदै आएको छ । प्रसिद्ध गायिका शान्ति ठटालको प्रमुख आतिथ्यमा २०७८ माघ १७ मा साहित्य चौतारीले आयोजना गरेको स्वर सम्राट नारायण गोपाल साँझमा गायक राईको एकल प्रस्तुति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्