झापा भदौ,१८ । सुन तस्करी प्रकरणमा जोडिएका रुपन्देही घर भइ टोखामा बस्ने सुमन खरेल पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई नेपाल–भारत सीमाबाट पक्राउ गरेको स्रोतले जनाएको छ ।
उनको काठमाडौं र वीरगञ्जका व्यापारीहरुसँग सम्पर्क देखिएको छ । सुन तस्करीको कनेक्सन खोज्न सीआईबीको एउटा टोली भारत पनि गएको थियो । सीआईबीका एसएसपी दिनेश आचार्य सुन तस्करीको अनुसन्धानमा थप प्रमाण जुटाउन अहिले हङकङ गएका छन् ।

एयरपोर्टको भन्सारबाट पास भई सिनामंगलबाट बरामद भएको ब्रेक सुमा बनाएर तस्करी गरिएको सुन प्रकरणमा हालसम्म २७ जना पक्राउ परिसकेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्