झापा , भदौ १९ । इलाम प्रहरीले अवैध भारतीय मदिरा बरामद गरेको छ ।

सूर्योदय नगरपालिका १ मानेभन्ज्याङ बजार घोडास्थित इलाका प्रहरी कार्यालय मानेभन्ज्याङबाट प्रहरी सहायक निरीक्षक सूर्य तामाङ मोक्ताङको कमाण्डमा खटिएको प्रहरी टोलीले गस्ती गर्दै जाने क्रममा भारतबाट नेपालतर्फ ल्याई बेवारिसे अवस्थामा रहेको हनी बी प्रिमियम ब्रान्डी नामक भारतीय रम ८ काटुन जम्मा ९५ बोतल बरामद गरेको हो ।

अन्दाजी मूल्य रू ७० हजारबराबरको सो अवैध भारतीय मदिरा नष्ट गर्नको लागि तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्