झापा, भदौ १९ ।नेपाल निजामती कर्मचारी युनियन झापाले ३३ आंै स्थापना दिवस मनाएको छ ।


नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेबेको प्रमुख आतिथ्य तथा नेपाल निजामती कर्मचारी युनियन झापाका अध्यक्ष कविन्द्रविक्रम नेम्वाङको सभापतित्वमा कर्मचारी युनियनले स्थापना दिवस मनाएको हो । चन्द्रगढीमा आयोजित कार्यक्रममा निजामती कर्मचारीका हक अधिकारलाई निजामती ऐनमा समेटिनु पर्ने सहभागी वक्ताहरुले जोड दिएका छन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि थेबेले कर्मचारीहरुको आचरणमा सुधार ल्याउनु पर्नेमा जोड दिए । उनले राष्ट्रसेवक कर्मचारीलाई राज्यले समान दृष्टिले नहेरेको बताउँदै अब बन्न लागेको निजामती कर्मचारी ऐनमा सबै कर्मचारीका हक अधिकार सुनिश्चितता गरिने बताए ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपाने, मेची अञ्चल अस्पताल भद्रपुरका पूर्व मेडिकल सुपरिटेण्डेन्ट डा.जयकुमार ठाकुर,देवीप्रसाद सुवेदीलगायतले मन्तव्य राखेका थिए ।
नेपाल निजामती कर्मचारी युनियन झापाका सचिव चन्द्रकुमार पौडेलले सञ्चालन गरेका थिए ।

१८ जना सम्मानित
यसैबीच नेपाल निजामती कर्मचारी युनियन झापाको स्थापना दिवसमा १८ जना सम्मानित भएका छन् । पूर्वाञ्चल दैनिकका सह–सम्पादक सुरेन्द्र भण्डारी, मेची अभियानका संयोजक विजय डालमिया, नेपाल निजामती कर्मचारी युनियन झापाका पूर्व अध्यक्षहरु देवी घिमिरे, दिननाथ लम्सालसहित उत्कृष्ट कर्मचारीहरु बिर्तामोड नगरपालिकाका कर्मचारी शोभादेवी दाहाल, वनरक्षक शिरोमणि गुरुङ ,अवकाशप्राप्त कर्मचारीहरु मेची प्रादेशिक अस्पतालका मेसु जयकुमार ठाकुर, दमक नगरपालिकाका शाखा अधिकृत जीवराज भट्टराई, मेचीनगरका कमलप्रसाद कोइराला, सीप विकास तथा तालिम केन्द्रका रमेश कोइराला, मेचीनगर नगरपालिकाका इन्द्रबहादुर थापा, सडक डिभिजन कार्यालय दमकका अम्बिकादेवी अधिकारी, जिल्ला हुलाक कार्यालयका विष्णुप्रसाद अधिकारी, सुचित राजवंशी, मदन राजवंशी, यातायात कार्यालयका सुवासकुमार क्षेत्री, मेची भन्सार कार्यालयका महेशकुमार न्यौपाने, डिभिजन वन कार्यालयका युवराज दाहाल, अनमी मुनादेवी सापकोटालाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्