झापा,भदौ २१ । नेपालको पूर्वी तराईमा बसोबास गर्ने आदिवासी समुदायका राजवंशी, गन्गाई, ताजपुरिया जातिले आज दधिकाद पर्व मनाउँदै छन् ।

फाइल फोटो

धार्मिक एवम् साँस्कृतिक रुपमा महत्वपूर्ण यो खेल पर्व हो । झापा, मोरङ र सुनसरी जिल्लाका आदिवासी समुदायले श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट दधिकाद पर्व मनाउँछन् । दधिकाद खेल खेलाउँदा आफ्नो मनले चाहेको पुग्ने जनविश्वास छ । भगवान कृष्णले दही चोरेर खाने र दहीको हिलोमा खेलेको संझनामा अहिले माटोको हिलोलाई नै दही मानी खेल्ने गरिन्छ ।

झापाको गरामनी ,गौरादह, खजुरगाछी, शिवगञ्ज, दुवागढी , कन्काई तथा मेचीनगर नगरपालिकालगायतका स्थानमा बसोबास गर्दै आएका राजवंशी समुदायले आज दधिकाद पर्व आयोजना गरेका छन् । ती ठाउँका राजवंशी समुदायले भजन किर्तन गर्दै तेल दलेको चिल्लो बाँसमाथि चढेर पोको फुकाउने, हिलो दलेर नरिवल खोस्ने, हाँडी फुटाएर पुरस्कार जित्ने प्रतियोगितात्मक खेलकुदलगायत एक आपसमा हिलो दलादल गरेर यो पर्व मनाउँछन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्