बिर्तामोड, भदौ २१ । श्री छठ महिला मञ्च बिर्तामोडले भव्य रुपमा तीज मिलन कार्यक्रम सम्पन्न गरेको छ ।

बिर्तामोडको इन्द्रेणी ब्यांक्वेटमा कार्यक्रम गरी मञ्चले तीज मनाएको हो ।संस्थाकी सदस्य उमा साहको संयोजकत्व र संस्थाकी अध्यक्ष हेमलता चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि पूर्वाञ्चल क्यान्सर हस्पिटलका डाइरेक्टर डा. वीरेन्द्रकुमार यादव रहेका थिए । त्यस्तै विशिष्ट अतिथि बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी ,छठ समाज सेवा समितिका अध्यक्ष देवेन्द्रकुमार सिंह , वरिष्ठ उपाध्यक्ष संगीता रौनियार, अतिथि बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपाने, राष्ट्रिय प्रजातन्त्र पार्टीकी नगर अध्यक्ष रन्जु प्याकुरेल ,महिला मुक्ति अभियानकी अध्यक्ष राधा सुब्बालगायतका रहेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि डा. वीरेन्द्रकुमार यादव , छठ समाज सेवा समितिकी वरिष्ठ उपाध्यक्ष संगीता रौनियार , बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी ,रेडियो विराटकी प्रवन्ध निर्देशक लीला अनमोललगायतले शुभकामना मन्तव्य राखेका थिए । छठ महिला मञ्चकी वरिष्ठ उपाध्यक्ष निसा गुप्ताले स्वागत गरेको कार्यक्रमको संचालन महासचिव निसा कर्णले गरेकी थिइन् । प्रस्तुत गरिएको गीत नृत्यले कार्यक्रम मनमोहक बनेको थियो ।कार्यक्रममा हिरो जुसका रमेश शर्माले जुस सौजन्य गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्