झापा, भदौ २१ । तिहार आउन दुई महिनाअगावै झापाका सीमा नाकाबाट प्रतिबन्धित बारुदजन्य पदार्थ पटाका भित्रिन थालेको छ ।

सशस्त्र प्रहरीले कचनकवल गाउँपालिका–५ स्थित सुनकोशी चिया बगानबाट बिहीबार साढे ८ बजेको समयमा ठूलो परिमाणको पटाका बरामद गरेको हो ।सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट डाँगीवारीबाट खटिएको सशस्त्र प्रहरीको टोलीले भारतबाट अवैध रुपमा नेपाल भित्र्याइएको करिब ४ लाख ७० हजारको मूल्य बराबरको पटाकासहित एउटा मोटरसाइकल नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका एसपी देवराज अर्यालले जानकारी दिए ।

सो पटाका भारतीय नम्बर प्लेट बीआर ३७ जे ५२५७ नम्बरको मोटरसाइकलमा राखेर भित्र्याइरहेको अवस्थामा सशस्त्र प्रहरीले फेला पारेको थियो । बरामद भएका विष्फोटक पदार्थहरूमा नागिन पटाका ८२ बन्डल, रकेट पटाका २७ बन्डल , कलर सेट ११ बन्डल, कलर रेन्ट पटाका ३८ बन्डल रहेको छ । बरामद गरिएको पटाकालाई नष्ट गरिएको छ, भने नियन्त्रणमा लिएको मोटरसाइकललाई ८० हजार मूल्याङ्कन तोकेर भन्सार बुझाउने तयारी भइरहेको एसपी अर्यालले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्