झापा , भदौ २१ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेशसभाबाट लिएको विश्वासको मत संविधानसम्मत नभएको भन्दै दायर रिटमा निवेदकको तर्फको जवाफी बहस पनि सकिएको छ ।


बिहीबार अधिवक्ताहरु टिकाराम भट्टराई, केशव बडाल र सुरेन्द्र भण्डारीले विपक्षी कानून व्यवसायीले उठाएका प्रश्नको जवाफी बहस गरेका थिए । रिजमा आजै आदेश आउने संभावना छ ।
मुख्यमन्त्री थापाले लिएको विश्वासको मत असंवैधानिक रहेको भन्दै पूर्वमुख्यमन्त्री तथा एमालेका कोशी प्रदेशसभा संसदीय दलका नेता हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख, मुख्यमन्त्री थापा लगायतविरुद्ध दायर रिट दायर गरेका छन् । उनले थापालाई मुख्यमन्त्रीबाट बर्खास्त गरि आफूलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेशको पनि माग गरेका छन् ।
रिटमा सर्वोच्च अदालतका न्यायाधीशत्रय सपना प्रधान मल्ल, कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा सुनुवाइ भइरहेको छ । निवेदनकतर्फका कानून व्यवसायीले सोमबार बहस गरेका थिए भने मंगलबार सरकारी वकिल र मुख्यमन्त्रीका कानून व्यवसायीले बहस गरेका थिए ।

भदौ ६ गते कार्कीले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा, प्रदेश प्रमुख परशुराम खापुङ्ग, सभाको अध्यक्षता गर्ने इस्राइल मन्सुरी, अध्यक्ष मण्डलकी सदस्य गीता तिम्सिनालाई विपक्षी बनाएर रिट निवेदन दिएका थिए । भदौ ४ गते प्रदेश सभाको बैठकको अध्यक्षता गरेका इस्राइल मन्सुरीसमेतको मत लिएर थापाले प्रदेशसभाबाट विश्वासको मत पाएका थिए ।

९३ सदस्यीय रहेको प्रदेश सभाको बहुमत ४७ पु¥याउन ४७ सिट आवश्यक पर्दछ । प्रदेशसभाको सभामुख बाबुराम गौतमले राजीनामा दिइसकेकोमा उपसभामुख सिर्जना दनुवारले सभा सञ्चालन गर्नुपर्ने थियो । तर, उनी सभामा अनुपस्थित भएकी थिइन् । एमालेका जेष्ठ सदस्यहरु पनि सो दिनको बैठकमा अनुपस्थित भएपछि मन्ुसरीले बैठक सञ्चालन गरेका थिए । रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै भदौ ७ गते न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले दीर्घकालीन महत्वका निर्णय नगर्न सरकारलाई अन्तरिम आदेश जारी गरेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्