झापा, भदौ २५ । काठमाडौंको वीर अस्पतालमा उपचार गराइरहेका कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार तथा योजना मन्त्री एकराज कार्कीको स्वास्थ्यमा सुधार आएको छ ।

डेंगी संक्रमित कार्कीको शरीरमा ६१ हजार प्लेटलेट रहेकोमा हिजो झरेर ४९ हजार पुगेको थियो । आज बिहान ५६ हजार प्लेटलेट पुगेको स्वकीय सचिव नवीन शिवाकोटीले बताए । उनका अनुसार ज्वरो भने ९९ डिग्री रहेको छ ।

बिर्तासिटी हस्पिटलमा सुधार नभएपछि मन्त्री कार्कीलाई हिजो काठमाडौं लगेर वीर अस्पतालमा भर्ना गरिएको हो । उनको वीर अस्पतालको स्पेशल भीआइपी कक्षमा उपचार भइरहेको स्वकीय सचिव शिवाकोटीले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्