बिर्तामोड, भदौ २८ ।संचारकर्मी , बालबालिका तथा शिक्षा संचार मञ्च झापाका संयोजक सरोज पौडेलले आफ्नो जन्मदिनमा ५० हजार रुपैयाँको अक्षय कोष स्थापना गर्ने घोषणा गरेका छन् ।

बालबालिकाको क्षेत्रमा कार्यरत पौडेलले बिर्तामोड क्षेत्रका उत्कृष्ट बाल क्लबलाई पुरस्कृत गर्नेगरी ५० हजार रुपैयाँको अक्षय कोष स्थापना गर्ने घोषणा गरेका हुन् । बाल दिवसको अवसरमा अक्षयकोषमा सो रकम प्रदान गर्ने उनले बताए ।

बिर्तामोडमा ७५ वटा सामुदायिक र संस्थागत विद्यालय रहेका छन् । ती विद्यालयमा रहेका बाल क्लबमध्ये उत्कृष्ट बाल क्लबलाई प्रत्येक वर्ष बाल दिवसका अवसरमा ११ हजार रुपैयाँले पुरस्कृत गर्नेगरी अक्षय कोष स्थापना गरिएको पौडेलले बताए । बालबालिका तथा शिक्षा संचार मञ्च झापाको संरक्षणमा सो अक्षयकोष रहने बताइएको छ ।
लिंकन मन्टेश्वरीका संचालकसमेत रहेका पौडेलले जन्मदिनको अवसर पारेर मन्टेश्वरीमा हिजो एक संक्षिप्त कार्यक्रम आयोजना गरेका थिए ।

बिर्तामोड नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष किशोरकुमार पौडेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा न्यूटन्स एजुकेशन एकाडेमीका प्रिन्सिपल देवेन्द्र हुमागाईलगायत शिक्षा र संचार क्षेत्रमा क्रियाशील व्यक्तिहरु तथा विद्यालयका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्