झापा,भदौ२८।राष्ट्रियसभा बैठक शोक प्रस्ताव पारित गरेर स्थगित गरिएको छ। संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गर्दै बैठक असोज १२ गते दिउँसो १ बजेसम्मलाई स्थगित भएको हो।राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकमा प्रस्तुत गरेको शोक प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।पूर्वसभामुख समेत रहेका नेम्वाङको आत्माको चीर शान्तिको कामना गर्दै एक मिनेट मौनधारण समेत गरिएको थियो। नेम्वाङको आजै पशुपतिस्थित आर्यघाटमा राजकीय सम्मानमा अन्त्येष्टि गरिएको छ।

नेम्वाङको पार्थिव शरीरमा उनका दुई छोरा मिङ्सो र सुहाङ नेम्वाङले दागबत्ती दिएका थिए । राजकीय सम्मानस्वरुप नेपाल सेनाको टुकडीले अन्तिम सलामी दिएको थियो।नेम्वाङको हिन्दू र किराती परम्पराअनुसार दाहसंस्कार गरिएको हो।काठमाडौंको बालुवाटारस्थित आफ्नै निवासमा मंगलबार बिहान हृदयघात भएपछि नेम्वाङलाई महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) लगिएको थियो। उपचार हुन नपाउँदै नेम्वाङलाई चिकित्सकले मृत घोषणा गरेका थिए।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्