बिर्तामोड ,भदौ २९ । पढाइसंगै समाजमा अतिरिक्त रचनात्मक क्रियाकलाप गर्दै आएको झापा बिर्तामोडको आदर्श स्कुल अफ म्यानेजमेन्टले बाल दिवसको अवसरमा बृद्धा र अपांगता भएका व्यक्तिहरुलाई सहयोग गरेको छ ।

तीज विशेष तथा बाल दिवसको अवसरमा सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालयका महिला कर्मचारी र विद्यार्थीहरुले कन्काई माइधाममा रहेको श्रीकृष्ण प्रणामी मन्दिरमा आश्रित १० जना बृद्धा र कन्काई ४ को पुकार अपांग अशक्त सरोकार समाजमा रहेका अपांगता भएका बालबालिकालाई कपडा (तन्ना ,सिरानीका खोल), झुल ,फलफूल तथा जुस वितरण गरेका हुन् ।

करिब १३ हजार मूल्य बराबरको सामग्री विद्यालयका विद्यार्थीहरुले प्रदान गरेका थिए । आगामी दिनमा पनि यस्ता खालका सामाजिक कार्य संचालन गर्दै जाने विद्यालयकी अनुसा ढकाल खरेलले बताइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्