एजेन्सी । एसिया कप क्रिकेटमा सुपर फोरको अन्तिम खेलमा बंगलादेशले भारतलाई ६ रनले हराएको छ । हिजो भएको रोमाञ्चक खेलमा भारत बंगलादेशसँग पराजित भएको हो ।

जितका लागि २ सय ६६ रनको लक्ष्य पछ्याएको भारत ४९ ओभर ५ बलमा २ सय ५९ रनमा अलआउट भयो । उसका लागि शुभमन गिलले सर्वाधिक एक सय २१ रनको शतकीय पारी खेले पनि टोलीलाई जिताउन सकेनन् । बंगलादेशका मुश्ताफिजुर रहमानले ३ विकेट लिए ।

त्यस्तै, तान्जिम हसन सकिब र मेहेदी हसनले समान २÷२ विकेट लिए । त्यसअघि कोलोम्बोमा टस हारेर पहिला ब्याटिङ गरेको बंगलादेशले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ६५ रन बनाएको थियो । बंगलादेशका कप्तान सकिब अल हसनले सर्वाधिक ८० रन बनाए । तौहिद हृदोयले ५४ रनको अर्धशतकीय पारी खेले ।

भारतका शार्दुल ठाकुरले ३ तथा मोहम्मद शामीले २ विकेट लिए । एसिया कपमा भारत र श्रीलंका उपाधिका लागि खेल्ने यसअघि नै तय भइसकेको छ । फाइनल खेल भोलि हुनेछ । पाकिस्तान र बंगलादेश सुपर फोरबाट तथा नेपाल र अफगानिस्तान समूह चरणबाटै बाहिरिएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्