झापा, भदौ ३० । नेकपा एमालेको जातीय संगठनको रुपमा लोकतान्त्रिक राजवंशी संघ नेपालको झापा जिल्ला कमिटी निर्माण भएको छ ।

शनिबार नेकपा एमाले झापाको सभाहलमा सोहनलाल राजवंशीको अध्यक्षतामा सम्पन्न लोकतान्त्रिक राजवंशी संघ नेपालको पहिलो झापा जिल्ला अधिवेशनले जिल्ला कमिटी गठन गरेको हो । जसको अध्यक्षमा राजकुमार राजवंशी रहेका छन् ।

३१ सदस्यीय कमिटीको उपाध्यक्षमा पुनलाल राजवंशी,सचिव शम्भुसिंह राजवंशी,उपसचिव विवेक राजवंशी र कोषाध्यक्षमा प्रमिला राजवंशी रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्