झापा, भदौ ३१ । झापाको मेचीनगरबाट बिलबिनाको मरेको माछा नियन्त्रणमा लिइ नष्ट गरिएको छ ।

प्रहरी चौकी चारआली, नेपाल माछापालक किसान संघ कोशी प्रदेशका वरिष्ठ उपाध्यक्ष मोहन शिवाकोटी, मेची मत्स्य व्यवसायी कृषक समूहका अध्यक्ष लक्ष्मी शिवाकोटीसहितको संयुक्त टोलीले मेचीनगर १३ स्थित चारआलीमा पूर्वबाट पश्चिमतर्फ सिटीमा लैजाँदै गरेको २४० केजी माछा नियन्त्रणमा लिएको थियोे ।

बिनाबिलको मरेको माछा ७५ हजार मूल्यबराबरको रहेको छ । नियन्त्रणमा लिएको माछालाई पशु क्वारेन्टाइन कार्यालय काँकडभिट्टाको प्राविधिक टोली बोलाएर चेकजाँच गरिएको थियो । चेकजाँच गर्दा उक्त माछा खान अयोग्य देखिएकाले प्रहरी चौकी चारआलीको कम्पाउण्डभित्र खाली ठाउँमा खाल्डो बनाई गाडेर नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्