झापा, भदौ ३१ । नयाँ शिक्षा विधेयकको मस्यौदा झापाका शिक्षक र विद्यालय कर्मचारीहरुले आज जलाएका छन् ।

आज बेलुका बिर्तामोडको मुक्ति चोकमा झापाली शिक्षक तथा विद्यालय कर्मचारीले प्रस्तावित शिक्षा विधेयकको मस्यौदा जलाएको शिक्षक महासंघ बिर्तामोडका अध्यक्ष युवराज कट्टेलले बताए ।
नयाँ शिक्षा विधेयकको विरोधमा देशभरका शिक्षकहरु आन्दोलित रहेका छन् । उनीहरुले विद्यालय बन्दसम्मको आन्दोलन घोषणा गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्