झापा, असोज १ । नेपाल विद्युत प्राधिकरणले १०४ जना कर्मचारीहरूको एकसाथ सरुवा गरेको छ ।

प्राधिकरणले आइतबारको निर्णयबाट निर्देशक, प्रबन्धक, उपप्रबन्धक, सहायक प्रबन्धक र इन्जिनियरहरुको सरुवा गरेको हो। निर्देशक कमल आचार्यलाई कार्यकारी निर्देशकको सचिवालयबाट गण्डकी प्रदेश प्रादेशिक कार्यालय पोखराको प्रमुखको जिम्मेवारी दिएर सरुवा गरिएको छ। यसैगरी प्रबन्धक दिपेन्द्रराज द्विवेदीलाई बागमती प्रदेश डिभिजन कार्यालय हेटौंडाबाट संस्थागत योजना तथा अनुगमन विभागमा सरुवा गरिएको छ ।त्यस्तै अनारमनी वितरण केन्द्रका प्रमुख, सहायक प्रबन्धक सुधिरकुमार राय धादिङ वितरण केन्द्रको प्रमुखको रुपमा सरुवा भएका छन् । उनको ठाउँमा लालबन्दी वितरण केन्द्रबाट संजीवकुमार साह आउने भएका छन् । त्यस्तै अनारमनी वितरण केन्द्रका इन्जिनियर सागर पोखरेल गौरादह वितरण केन्द्रको प्रमुखको रुपमा सरुवा भएका छन् । त्यस्तै धुलावारी वितरण केन्द्रका प्रमुख, सहायक प्रवन्धक सुनिलकुमार महत्तो जनकपुर वितरण केन्द्रमा सरुवा भएका छन् । उनको ठाउँमा कोशी प्रदेश प्रादेशिक कार्यालय विराटनगरबाट माधवप्रसाद यादव आउने भएका छन् । त्यस्तै इन्जिनियर शशीकान्त तिवारी रंगेली वितरण केन्द्रबाट दमक वितरण केन्द्र र इन्जिनियर रुपेशकुमार यादव बोदेबरसाइन वितरण केन्द्रबाट भद्रपुर वितरण केन्द्र आउने भएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्