झापा,असोज १ । हिजो साँझ बिर्तामोडमा एउटा मोटरसाइकल चोरी भएको छ ।

साँझ ७.९ बजे आफूहरुको धर्मकाँटा अफिसबाट को ३९ प १५७८ नं को टीभीएस अपाचे बाईक चोरी भएको सुरेशकुमार अग्रवाल भद्रपुरेले बताए । आफ्नो अफिसमा काम गर्ने कर्मचारी रामप्रसाद ढकालको मोटरसाइकल चोरिएको अग्रवालले जानकारी दिए । सीसीटीभी फुटेज हेर्दा कपाल केही लामो भएका युवकले मोटसाइकल लगेको देखिएको छ । तर, उनको अनुहार प्रष्ट देखिएको छैन । प्रहरीले मोटरसाइकल खोजी भइरहेको जनाएको छ ।बिर्तामोडमा मोटरसाइकल चोरीको घटना बढेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्