झापा, असोज १ । नारायणी नदीमा डुबेर एकै परिवारका दाजुभाइको मृत्यु भएको छ।

पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका–७ का स्थानीय सुमन कुमालका २ छोरा १४ वर्षका सविन र ९ वर्षका संगमको मृत्यु भएको नवलपुरका प्रहरी नायव उपरीक्षक बेदबहादुर पौडेलले जानकारी दिए। आज दिउँसो पौडी खेल्न गएका उनीहरु नारायणी नदीमा डुबेका हुन्।

स्थानीयसहित प्रहरी टोलीले नदीबाट उद्धार गरेर अस्पताल पुर्याए पनि उनीहरुलाई बचाउन सकिएन । डुबेका बालकहरुलाई उपचारका लागि चितवन मेडिकल कलेजमा पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेको डिएसपी पौडेलले बताए

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्