झापा,असोज १ । इलामको रोङ गाउँपालिका ३ कुटिडाँडा छेउमा आज साँझ कार दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

झापातर्फ फर्कदै गरेको बी.ए. ए. १६९२ नं को कार हिलउड रिसोर्ट छेउको गोलाईमा अनियन्त्रित भई करिव ३ सय मिटर तल झरेको हर्कटे प्रहरी चौकीले जनाएको छ ।

दुर्घटनामा झापा शिवसताक्षी नगरपालिका वडा नं ११ का ३५ वर्षिय मनोज राई , विराटनगर महानगरपालिका वडा नं ७ का ५२ वर्षिय सचिन पोखरेल , सोही ठाउँका २४ वर्षिय अर्जुन महरा , ५७ वर्षिय राजकुमार पौडेल घाइते भएका छन् ।दुई जना घाइतेको नाम खुल्न सकेको छैन । घाइतेहरुलाई उद्धार गरी बीएण्डसी हस्पिटल पठाइएको हर्कटे प्रहरी चौकीका असई रमेश बस्नेतले बताए ।

गाडी दुर्घटनास्थलमै रहेको छ । जिल्ला प्रहरी कार्यालय इलामका प्रवक्ता डीएसपी प्रकाश जवेगुका अनुसार शिवसताक्षी ११ दुधे बस्ने ३५ वर्षिय मनोज राईको करङ ,शरीरको बिभिन्न भागमा चोट लागेको, अवस्था गम्भीर, बिराटनगर ७ बस्ने कार चालक ५२ वर्षिय सचिन पोखरेलको अनुहार ,खुट्टामा चोट लागेको ,अवस्था गम्भीर, सोही ठाउँ बस्ने ५७ वर्षिय राजकुमार पौडेलको टाउको , छाती र खुट्टामा चोट लागेको ,अवस्था गम्भीर, सोही ठाउँ बस्ने २४ वर्षिय अर्जुन महराको हात खुट्टा, टाउकोमा चोट लागेको ,अवस्था गम्भीर रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्