झापा, असोज १ । भद्रपुरमा दुई वटा घरमा आगलागी हुँदा साढे ५ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

भद्रपुर नगरपालिका– ५ स्थित झिम्कीचोक निवासी रोहित कामती र सोही ठाउँका अजय रसाइलीको घरमा सोमबार दिउँसो सवा ४ बजेको आगलागी भएको हो ।

कामतीको घरमा खाना पकाउने ग्यास सिलिन्डरबाट ग्यास लिक भई आगलागी भएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।
कामतीको टिनको छानो, टिनको बेरा भएको एक तले घर, भाडावर्तन, लत्ताकपडा, फ्रिजलगायतका सरसामान जल्दा करिब ४ लाख रुपैयाँबराबरको क्षति भएको छ ।

त्यस्तै रसाइलीको टिनको छानो, टिनको बेरा भएको घर आंशिक रुपमा जल्दा करिब डेढ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

घरमा लागेको आगो भद्रपुर नगरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्