बिर्तामोड, असोज १ । बिर्तामोड नगरपालिकाले असोज २ गतेका लागि पूर्व निर्धारित राष्ट्रिय शिक्षा दिवसका कार्यक्रम स्थगित गरेको छ ।

प्रस्तावित नयाँ शिक्षा विधेयकको विरुद्धमा शिक्षकहरु आन्दोलित भएका कारण नगरपालिकाले शिक्षा दिवसको पूर्व निर्धारित कार्यक्रमहरु स्थगित गरेको हो । प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेले आज एक सूचना जारी गरी राष्ट्रिय शिक्षा दिवसको उपलक्ष्यमा आयोजित विविध कार्यक्रम अर्को सूचना नभएसम्म हाललाई स्थगित गरिएको जनाएका छन् ।

नयाँ शिक्षा विधेयकको विरोधमा देशभरका शिक्षकहरु आन्दोलित रहेका छन् । उनीहरुले विद्यालय बन्दसम्मको आन्दोलन घोषणा गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्