झापा, असोज २ । इलामको सूर्योदय नगरपालिका–७ कन्यामस्थित मेची राजमार्गमा स्कुटर दुर्घटना हुँदा दुईजना घाइते भएका छन् ।

कन्यामबाट फिक्कलतर्फ जाँदै गरेको मे ११प ६३३० नम्बरको स्कुटरले सोही स्थानमा रोकिराखेको मे १ ख ३२०१ नम्बरको मिनी ट्रकलाई पछाडीबाट ठक्कर दिई दुर्घटना हुँदा भन्ने स्कुटर चालक इलाम सूर्योदय नगरपालिका– ११ मुर्तिडाँडा बस्ने ३७ वर्षिय पञ्च लिम्बू (बायाँ आँखाको डिलमा चोट) र पछाडी सवार पाँचथर फालेलुङ गाउँपालिका– ६ बस्ने बर्ष अन्दाजी २८ वर्षिय निर्मल राई(टाउकोको दाहिने भागमा चोट) लागेर घाईते भएका छन् ।

दुवै घाइतेलाई तत्काल उपचारको लागि फिक्कल अस्पताल फिक्कल पठाईएकोमा सामान्य उपचारपछि थप उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर झापा पठाईएको छ । दुवैको अवस्था मध्यम रहेको र मिनी ट्रक चालक झापा हल्दिबारी गाउँपालिका– २ पाराखोपी बस्ने २६ वर्षिय दिपेश मेचेलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्