झापा,असोज३।महेन्द्र मोरङ क्याम्पस विराटनगरका विद्यार्थीले त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण प्रादेशिक कार्यालय विराटनगरको गाडी जलाएका छन् ।मानविकी संकायको स्नातक तहका एक विद्यार्थीको उत्तरपुस्तिका परीक्षा गार्डले साटेको भन्दै आज बिहान करिब ५ बजे परीक्षा नियन्त्रण कार्यालयको गाडी जलाएका हुन्।आन्दोलनरत विद्यार्थीहरुका अनुसार सन्ध्या कायस्थले लेखेको अंग्रेजी विषयको उत्तरपुस्तिका परीक्षाका गार्ड राजन दत्तले आफ्नी छोरीको उत्तर पुस्तिकामा साटेका थिए ।रिजल्ट आउँदा उनको छोरी पास भएको र कायस्थ भने फेल भएको विद्यार्थीको आरोप छ ।उत्तरपुस्तिका साटेको विषय क्याम्पस प्रशासनलाई जानकारी गराए पनि पीडित विद्यार्थीको रिजल्ट सच्चिएको थिएन् । नियमित उत्तीणन भएको सर्टिफिकेट दिने आश्वासन दिँदै क्याम्पस प्रशासनले दिँदै पुनःपरीक्षा लिएको थियो । तर उक्त रिजल्ट आएको छैन् ।२०७८ मंसिरमा भएको पहिलो वर्षको अंग्रेजी विषयको परीक्षामा ६०००३००८२ सिम्बल नम्बर भएकी सन्ध्याले चार पेज भएको उत्तर पुस्तिका थप गरेकी थिइन् । तर, उनले थप गरेको उत्तरपुस्तिका गार्डले आफ्नो छोरीकोमा देखाएको विद्यार्थीहरुको आरोप छ ।सोही विषयमा असोज २ गते डिग्री क्याम्पस विराटनगरमा सन्ध्या कायस्थको रिजल्टको बिषयमा महेन्द्र मोरङ क्याम्पस प्रमुख बाबुराम तिमल्सिना र त्रिविका सहायक परीक्षा नियन्त्रक डिल्ली प्रसाईसहित छलफल भएको थियो ।समस्या सामधान नभएपछि विद्यार्थीले दुई जनालाई अफिस कोठामा थुनेका थिए । त्यसपछि भएको छलफल बिना निष्कर्ष टुंगिएपछि राति करिब १ बजे क्याम्पस प्रमुख तिम्सिना र प्रसाईंलाई प्रहरीले उद्धार गरेको थियो ।त्यसपछि आक्रोशित विद्यार्थीले राति नै जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन गरे । राति महेन्द्र मोरङ क्याम्पस अगाडि टायर बालेर विरोध गरेका विद्यार्थीले आज बिहान ५ बजे डिग्री क्याम्पस परीसरमा पर्किङ गरी राखेको बा.१७च. ८२३८ नम्बरको त्रिभुवन विश्वविद्यालय परिक्षा नियन्त्रकको गाडीमा आगो लगाएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्