झापा,असोज३।नेपाली बजारमा सुनचाँदीको मूल्य घटेकोे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको छ । आज सुन तोलामा एक लाख १२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन उक्त सुन तोलामा एक लाख १३ हजार रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन तोलामा एक लाख १२ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।त्यस्तै, चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले घटेको छ । चाँदी तोलामा एक हजार ४०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्