इलाम, असोज ५ । इलाम घुम्न आएकी युवती प्रेमीको कोठामा बसिरहेका बेला प्रभु बैंक इलाम शाखाका कर्मचारी प्रमेश पोखरेलले बलात्कार प्रयास गरेका छन् ।

तराईको जिल्लाबाट विश्वकर्मा पुजाको दिन इलाम आएकी युवती प्रेमीको कोठामा बसिरहेका बेला पोखरेलले बलात्कारको प्रयास गरेका हुन् । युवतीका प्रेमी र पोखरेल दुबै बैंकका कर्मचारी हुन् । युवतीका प्रेमी पनि इलाम सदरमुकाममा रहेको अर्को बैंकमा काम गर्छन्् । प्रेमीसँगै खाना खाएका बेला पोखरेलले युवतीलाई देखेका थिए । खाना खाएको केही घण्टापछि साथीको कोठामा पोखरेल पुगेका थिए । यो घटना असोज २ गते दिउँसो साढे तीन बजेको हो । इलामको मुख्य बजारभन्दा केही टाढा डेरा बस्दै आएका प्रेमीको कोठामा ती युवती बसेकी थिइन् । युवती बसेको कोठामा जानुअघि पोखरेल उनको प्रेमीले काम गर्ने बैंकमा पुगेका थिए ।

पोखरेल बैंकमा पुगेका बेला युवतीका प्रेमी काममा व्यस्त थिए । त्यसलगत्तै निस्किएका पोखरेल कर्मचारीको ड्रेसमा युवती भएको कोठामा पुगेका थिए । उनी मोवाइल चार्ज गर्ने निहुँमा युवती बसेको कोठामा पुगेको पीडितले बताइन् । शुरुमा ढोका खोल्न लगाउँदा मेरो प्रेमीले झै ढोकामा ढकढक पारेको पीडित युवतीले भनिन्–‘ढोका खोलेपछि सर त हुनुहुन्न भनँे, तर म आराम गर्छु भनेर भित्र पसे र ढोका बन्द गरे ।’ उनी भन्छिन्–‘त्यसपछि म आत्तिएर कोठाको कुनामा बसे ।’
म कोठाको कुनामा बसेर प्रेमीलाई कम फास्ट भनेर मेसेज गरे ’ पीडित युवती भन्छिन्–‘त्यसपछि ढल्किएर बसेका उनले मेरो मोवाइल खोसेर फ्याकिदिए र मेरो काखमा एक्कासी आएर कपडा खोल्ने प्रयास गरे । मदिराले लठ्ठ परेका पोखरेलले शुरुमा लुगा खोल्न लगाएको तर नमानेपछि लछारपछार पारेको उनी बताउँछिन् । उनले भनिन्–‘मेरो आधि लुगा खोलेर मेरो संवेदनशील अंगमा औला लगाउने प्रयास गरे, त्यहिकारण सानो घाउ भएको छ ।’ घटनाको भोलिपल्ट असार ३ गते बिहान पीडित युवतीले प्रहरी कार्यालयमा जाहेरी दिएकी छन् ।

पीडितले प्रहरी कार्यालयमा जाहेरी दिएपछि प्रहरी पोखरेलको कोठामा पुगेको थियो । प्रहरीले पोखरेलको कोठाबाट युवतीको कोठामा पुग्दा लगाएको बैँकको ड्रेस बरामद गरेको छ । कोठाबाट चुरोट र रक्सीका बोतलहरु पनि प्रहरीले फेला पारेको छ ।
घटनाबारे पीडितले जाहेरी दिएपछि जिल्ला प्रहरी कार्यालयले अनुसन्धान गरेको थियो । प्रहरीले पीडितको बयान र स्वास्थ्य जाँच गरी जिल्ला अदालतमा पेश गरेपनि अदालतले पक्राउ गर्ने आदेश दिएको छैन अदालतले पक्राउ गर्ने आदेश नदिएपछि कार्वाही गर्न गाह्रो भइरहेको जिल्ला प्रहरी कार्यालय इलामका प्रवक्ता डीएसपी प्रकाश जवेगुले बताए । युवतीलाई बलात्कार प्रयास गर्ने बैंकका कर्मचारी पोखरेल अहिलेसम्म फरार छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्