झापा,असोज६।लोकप्रिय सर्जक सुन्दर हमालको शब्द रचनामा रहको मौलिक लोक तथा दोहोरी गीत ‘पारी ठुली भिर’सार्वजनिक भएको छ । गायिका सिम्रन परियार र राजन कार्कीले गीतमा स्वर दिएका छन । गीतमा राजन कार्कीको सङ्गीत छ ।नेपाली पनको आभास दिने किसिमले गीतको निर्माण गरिएको सुन्दर हमालले बताए । गीत सार्वजनिक भए सँगै सामाजिक सञ्जालमा चर्चाको शिखरमा रहको छ ।मौलिक लोक लयमा आधारित गीतमा मायालु जोडी बीचको प्रेम र उत्सवलाई चित्रण गरिएको छ । सञ्जय राईको छायाङ्कन , अमृत चापागाईँको सम्पादन तथा मनोहर भण्डारीको निर्देशन भिडियोमा रहेको छ।मौलिक धारमा तयार पारिएको गीतको भिडियोमा बेगम नेपाली र स्मारिका ढकालको अभिनय देख्न सकिन्छ ।सुन्दरको यस अगाडि कहिले पुग्ला धन, बनको खयर , सईले, आउन मायालु , उखुम ,दसै गोजीमा हाले गीत चर्चामा रहेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्