झापा,असोज ६ । कोशी नाम खारेजीविरुद्ध आन्दोलनरत पहिचानवादीहरुले चेतावनी दिएपछि मेची महाकाली बुहारी संयुक्त आवाजले कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री एकराज कार्कीको स्वागत कार्यक्रम स्थगित गरेको छ ।

मेची महाकाली बुहारी संयुक्त आवाजले बिर्तामोड ७ र ८ को सिमाना हर्चनामा सोही ठाउँ घर भएका प्रदेश मन्त्री कार्कीलाई दिउँसो १२ बजे स्वागत गर्ने कार्यक्रम राखेको थियो । मन्त्री कार्कीको स्वागत कार्यक्रम स्थगित भएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सुरज कार्कीले बताए ।

कोशी प्रदेशका मन्त्री र सांसदलाई कालो झन्डा देखाउँदै आएको प्रदेश नं १ पुनः नामांकन संयुक्त संघर्ष समितिले मेची महाकाली बुहारी संयुक्त आवाजले मन्त्री कार्कीलाई कार्यक्रममा बोलाएर दुर्घटना गराउन खोजेको र त्यस दुर्घटनाको सम्पूर्ण जिम्मेवारी आयोजक संस्थाले लिनुपर्ने चेतावनी दिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्