झापा, असोज १२ । चोरी मुद्धामा फरार झापा गौरादह– ७ जुरोपानीका दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा साविक जुरोपानी गा.वि.स.६, हाल गौरादह नगरपालिका वडा नं.७ बस्ने २१ वर्षिय गोबिन्द कुमार माक्रा र सोही ठाउँका ३९ वर्षिय सुकदेव राजवंशी रहेका छन् ।

झापा जिल्ला अदालतको २०७९ चैत १९ गतेको फैसला अनुसार चोरी मुद्दामा ती दुवैलाई ३ महिना कैद , रु.२० हजार जरिवाना तथा रु.८ सय पीडित राहत कोषमा जम्मा गर्नु पर्ने सजाय सुनाएको थियो । चोरी मुद्धामा फरार रहेका दुवै प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी हिजो अदालतको आदेशले कैद भुक्तानको लागि कारागार पठाइएको डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्