झापा, असोज १२ । संघीय सरकारले जारी गर्न लागेको संघीय निजामती ऐनको विरोधमा बिर्तामोड नगरपालिकाका कर्मचारीहरु संगठित भएका छन् ।

संघीय निजामती ऐन संशोधनको माग गर्नका लागि बिर्तामोडमा स्थानीय कर्मचारी संघर्ष समिति गठन गरिएको हो । शिक्षा शाखा उपसचिब तिलचन भण्डारीको अध्यक्षतामा हिजो बसेको बिर्तामोड नगरपालिकामा कार्यरत स्थानीय तहका कर्मचारीहरुको संयुक्त भेलाले लेखा अधिकृत तेजेन्द्र तामाङको संयोजकत्वमा संघर्ष समिति गठन गरेको हो । जसको सहसंयोजकमा टीका अधिकारी,सचिव भिम अधिकारी र कोषाध्यक्षमा सुबासकुमार वि.क. रहेका छन् ।

१७ सदस्यीय संघर्ष समितिको सदस्यहरुमा नरेन्द्र श्रेष्ठ , सावित्रा दाहाल , डिल्ली गौतम , जानुका रेग्मी, जयराम चम्लागाई , रुपमान थलङ, प्रविण पौडेल , हिमा खनाल , वेदप्रकाश अधिकारी , टीका लामिछाने , प्रकाश गुप्ता , सुजित शाह र बसन्त ढकाल रहेका छन् ।

यसअघि असोज ८ गते अर्जुनधारामा भएको कर्मचारीहरुको भेलाले जिल्लास्तरीय संघर्ष समिति गठन गरेको थियो । जसको संयोजकमा नेत्रप्रसाद पोख्रेल रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्