झापा,असोज१३।कोशी प्रदेश सभाको चौथो अधिवेशन आह्वान गरिएको छ । कोशी प्रदेश सभा सचिवालयले सूचना प्रकाशित गरी असोज १७ गतेबाट चौथो अधिवेशन सुरु हुने जानकारी दिएको हो ।नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश प्रमुख परशुराम खापुङले असोज १७ गते बुधबार दिउँसो १ बजेका लागि चौथो अधिवेशन आह्वान गरेकोे सूचनामा उल्लेख छ ।गत मङ्सिर ४ गते सम्पन्न भएको निर्वाचन पछाडि प्रदेश सभाको तीनवटा अधिवेशन सम्पन्न भइसकेको छ । प्रदेशसभाको दुई वटा अधिवेशन राजनीतिक विवाद र असमझदारीका कारण विश्वासको मत लिने प्रयोजनका लागि मात्र उपयोग गरिएको थियो । चौथो अधिवेशनको पहिलो काम पनि मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनकै लागि आह्वान गरिएको हो ।ठुलो दलको हैसियतले संविधानको धारा १६८ (३) बमोजिम गठन भएको नेकपा (एमाले) नेतृत्वको सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले असोज २० गतेभित्र संसदबाट विश्वासको मत लिइसक्नुपर्ने छ । त्यसअघि सरकारले जारी गरेको आर्थिक अध्यादेशहरू सदनमा पेस गरी पारित गराउने प्रयत्न गर्ने छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्