झापा,असोज१३। चलचित्र ‘पशुपति प्रसाद २ भस्मे डन’ बाट अभिनेता सौगात मल्लको नयाँ अवतार सार्वजनिक गरिएको छ । चलचित्रको सार्वजनिक पोस्टरमा अभिनेता मल्ल टाउकोमा फेटा बाँधेर रिसाहा भावमा प्रस्तुत भएका छन् ।दीपेन्द्र के खनाल निर्देशित सिनेमाले ‘पशुपति प्रसाद’ को मृत्युपश्चात् पशुपति क्षेत्रमा आफ्नो अस्तित्व स्थापित गर्न सङ्घर्षरत ‘भस्मे डन’ को जीवनमा एउटा रोमाञ्चक पात्रको प्रवेशपछि सुरु भएको परिचय र आत्मसम्मानका लागि गर्ने शक्ति सङ्घर्षको कथामा निर्माण गरिएको हो ।चलचित्रमा सौगातसँगै विपिन कार्की, स्वस्तिमा खड्का, रवीन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, मिश्री थापा, सजन थापामगर, विभु पौडेल, प्रकाश दाहालको पनि अभिनय रहेको छ । चलचित्रमा अभिनेता तथा निर्माता खगेन्द्र लामिछाने र वर्षा सिवाकोटी पनि विशेष भूमिकामा देखिएका छन् । टुकी आटर्सको ब्यानरमा निर्माण भएको चलचित्रलाई निर्माता तथा अभिनेता खगेन्द्र लामिछानेले लेखेका हुन्  । नीरज कँडेलको डिओपी, कृष्ण थापाको छायाङ्कन, दीर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाजको सङ्गीत रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्